नेता नाभाल्नीलाई हजारौं रुसीले बिदाइ गरे

काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई हजारौं रुसीले बिदाइ गरेका छन् । अन्त्येष्टिका बेला कुनैपनि प्रदर्शन नगर्न रुसी अधिकारीहरुले चेतावनी दिएका थिए ।

ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । तरपनि अन्त्येष्टि समारोहमा उपस्थित भीडले युद्ध बिनाको स्वतन्त्र रुसको नारा लगाएका थिए । धेरै चिसो भएपनि हजारौं मानिसहरु उनको सम्मानका लागि अन्त्येष्टि समारोहमा उपस्थित भएका थिए । मस्कोको बाहिरी भाग मरिनोमा उनको अन्त्येष्टि गरिएको छ, जहाँ नाभाल्नी आफ्नो परिवारसँग लामो समयसम्म बसेका थिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नाभाल्नीको फेब्रुअरी १६ मा आर्कटिकको पेनल कालोनी जेलमै मृत्यु भएको थियो । उनका समर्थक, आफन्त तथा धेरै विदेशी नेताहरूले उनको मृत्युमा पुटिनलाई दोष दिएका छन् । रुसी अधिकारीहरूले भने यो आरोप अस्वीकार गर्दै नभल्नीको मृत्यु प्राकृतिक कारणले भएको बताएका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले सोसल मिडियामार्फत सम्भावित जोखिम हुँदाहुँदै पनि हजारौंको संख्यामा उपस्थित भएका नाभाल्नीका समर्थकहरुको प्रशंसा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर