कुकुर इन्डीले अविश्वसनीय तरीकाले बदलिदिएको लुसीको जिन्दगी…..।

लन्डन । पृथ्वीमा रहेका प्राणीमध्ये मानव सबैभन्न्दा श्रेष्ठ बुद्धि भएको मानिन्छ । तर पृथ्वीमा यस्ता अन्य प्राणीहरू पनि जो मानवभन्दा पनि आफूलाई श्रेष्ठतम सिद्ध गरेर स्वयं मानव मनमस्तिष्कलाई समेत चुनौती दिने गरेको घटनाक्रम बेलामौकामा पढ्न, हेर्न र सुन्न पाइन्छ ।
एउटा यस्तै अपत्यारिलो, विश्वास गर्न पनि मथिंगल गर्नुपर्ने घरेलु पाल्तु कुकुरसँग सम्बन्धित अच्चम पार्ने समाचार बाहिर आएको छ ।
बेलायतकी लुसी हम्फ्रे लामो समयदेखि मिर्गौलापीडित थिइन् । मिर्गौला प्रत्यारोपण गरेको खण्डमा मात्र उनी बाँच्ने अन्तिम उपाय बाँकी थियो। लुसी सहमत भए, तर मिर्गौला दाता उपलब्ध थिएन किनभने हम्फ्रेको मिर्गौला २.२ मिलियन मानिसहरूमध्ये एकको लागि मात्र मिल्थ्यो।
मिर्गौला प्रत्यारोपण हुन नसकेर हम्फ्रे आफ्नो जीवनको अन्तिम दिनहरू गन्दै थिइन्। उनले आफ्ना बाँकी दिनहरू आफूले पालेका दुई कुकुर जेक र इन्डीसँग बिताउन थालेकी थिइन् । एक दिन उनी दुवै कुकुरलाई लिएर समुद्र किनारमा लिएर घुम्न गएकी थिइन् ।
यसबीचमै जब दुई कुकुरमध्ये एक इन्डीले सुँघ्दै जाँदै गर्दा समुद्र तटमा घुम्न आएकी एउटी महिलाकहाँ पुगिन् । इन्डीले उनलाई लगातार नजिकबाट भुकिराखे । कुकुरको भुकाईबाट ती महिला निकै असहज महसुस गरिराखेकी थिइन् । त्यतिकैमा हम्फ्रेले इन्डीलाई नभुक्न र फकाएर तान्ने प्रयास गर्दा पनि इन्डी कुकुर मानेनन् । पुनः ती अपरिचित महिलालाई एकोहोरो भुकी मात्र राखे ।
निकैबेरको प्रयासपछि इन्डीले ती महिलालाई देखेर भुक्न छाडे । कुकुर शान्त भएपछि हम्फ्रेले सभ्यतावूर्व कुकुरले दिएको दुःखप्रति क्षमा मागिन् र ती दुईजनाबीच भलाकुसारी चल्न थाल्यो ।
कुकुरले भुकेकी महिलाको नाम रहेछ जेम्स । त्यसपछि हम्फ्रेले जेम्सलाई आफ्नो जिन्दगी र मिर्गौला रोगका सम्बन्धमा इतिवृन्त्तान्त सुनाइन् ।
यही क्रममा जेम्सले लुसीलाई आफ्नो मिर्गौला दान गर्न चाहेकी र आफूले भर्खरै यसको लागि कानुनी प्रक्रिया पूरा गरेको जानकारी दिँदै मेडिकल जाँचका लागि दुबैजना जाने समझदारी बनाइन् । त्यसपछि दुवै महिला अस्पताल पुगे, संयोगवश जेम्सको मिर्गौला लुसीलाई म्याचिङ हुने मेडिकल रिर्पो आयो र गत अक्टोबरमा लुसीको सुफल मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले उनी पूर्णरूपमा निको भइसकेकी न् । लुसीकी पतिले भने, “म साँच्चै भाग्यमानी महसुस गर्छु कि मैले लुसीको जीवन बचाउने मौका पाएँ। उनले भने कि कुकुर साँच्चै सुन्दर छ, जसले आफ्नी श्रीमतीलाई बचायो।” (एजेन्सी)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर