सात इजरायली बन्धकको मृत्यु

काठमाडौं।  गाजा पट्टीमा बन्धक बनाइएका सात इजरायलीको मृत्यु भएको हमासले जनाएको छ । इजरायलले गरेको बमबारीका कारण उनीहरुको मृत्यु भएको बताइएको छ ।

साथै सोही घटनामा हमासका धेरै लडाकु पनि मारिएको जनाइएको छ । हमासले बन्धक बनाएका मध्ये ७० जनाभन्दा बढीको मृत्यु भइसकेको हुनसक्ने बताइएको छ । तर यसलाई स्वतन्त्र रुपमा पुष्टि गर्न भने सकिएको छैन ।

हालै मृत्यु भएको भनिएकाहरु पहिले नै मारिएको आशंका गरिएका ३१ बन्धक मध्येकै हुन् वा अन्य हुन् भन्ने पुष्टि हुन बाँकी छ । यस विषयमा इजरायलले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । साथै घटनाका विषयमा हमासले पनि कुनै ठोस प्रमाण पनि दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर