मौसम : देशभर साधारण बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बागमती तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदलीकै अवस्था रहनेछ।

बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना छ।

त्यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा आज दिउँसो हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर