सदनमा सभामुख रुलिङ गर्दै, सरकार उपेक्षा गर्दै ?

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरू उठाइएका गम्भीर एवं समसामयिक विषयका प्रश्नहरूको जवाफ दिन निर्देश (रुलिङ) गरेका छन् । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले मन्त्रीहरूको राजीनामालगायत समसामयिक विषयमा सरकारले जवाफ नदिएको भन्दै विरोध गरेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् ।

सभामुखले फागुन २१ गते बस्ने संसद्को बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेपछि सदन सुचारु भएको थियो । यसअघि पनि सभामुख घिमिरेले सरकारलाई जवाफदेही बन्न निर्देश दिएका थिए । सभामुखको रुलिङ आएपनि सरकारका तर्फबाट जवाफ दिने सुरसार भने देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर