मौसम : आज शुक्रबार रातिदेखि पानी पर्ने सम्भावना

काठमाडौं । आज शुक्रबार रातिदेखि पानी पर्ने सम्भावना रहेको छ । आज राति पश्चिम नेपालमा पानी पर्ने बढी सम्भावना भएपनि भोलि (शनिबार) देशका अधिकांश क्षेत्रमा पानी पर्ने मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा आज राति हल्का बर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी लुम्बिनीसहित गण्डकी प्रदेशका तराई भू-भाग र देशका बाँकी पहाडी भू-भागमासमेत भोलि छिटफुटदेखि हल्का बर्षाको पूर्वानुमान गरिएको छ । यो क्रम भोलि रातिसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण पानी पार्ने सम्भावना बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर