संसदको दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज शुक्रबार संसदको दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२ बजे बस्नेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। यस्तै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री प्रकाशशरण महतले भन्सार विधेयकमाथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

राष्ट्रियसभाको बैठक मध्याह्न १२ बजेर ९ मिनेटमा बस्नेछ। आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम २२६ क बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्याङ्कनको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर