नेपाल पेनाल्टी सुटआउटमा जोर्डनसँग पराजित

काठमाडौं । वाफ महिला च्याम्पियनसीपमा नेपालजोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ । साउदी अरेबियाको जेद्दामा बिहीबार राति भएको खेलमा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि भएको पेनाल्टी सुटआउटमा जोर्डनका रोजबहानले निर्णायक गोल गरिन् ।

यससँगै जोर्डन कीर्तिमान छैटौंपल्ट उपाधि जित्न सफल रह्यो । टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरेका थिए । नेपालबाट भने अमृता जैसी गोल गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नूर जोकासले गोल गरे । नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरेका थिए । जोर्डन फिफा वरीयतामा नेपालभन्दा माथिको टिम हो ।

जोर्डनको वरीयता ७४ रहेको छ भने नेपाल १०५ औं स्थानमा छ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर