छात्रा शालीन पोखरेलको मृत्यु प्रकरणमा प्रिन्सिपलसहित तीनजना पक्राउ

काठमाडौं । गोरखा जिल्ला अजिरकोट गाउँपालिका-५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

चितवनको रत्ननगर नगरपालिका(१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा-८ मा अध्ययनरत शालीन गत फागुन १२ गते सोही स्कुलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको हो ।

मृतक शालीनका पिता दीपेन्द्र पोखरेलले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको वस्तुस्थिति अध्ययन गर्दा आत्महत्या नभएर बलात्कारपछि हत्या भएको देखिएको बताए। “लास झुण्डिएको अवस्था, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा मेरी छोरीले झुण्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिन्थ्यो”, मृतकका बाबु पोखरेलले भने,, “घटनापछि सो विद्यालयमा गई मृत्युको सम्बन्धमा छलफल गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति, शालीनकी कोठाका साथी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधिसमेतलाई बोलाई छलफलपछि मात्र मुचुल्का गरौँभन्दा प्रहरीले विद्यालय परिसरभित्रै मेरो भाइ हरि पोखरेललाई निर्घात कुटपिट गरे ।”

मृतकका बुबाले आफू काठमाडौँमा भएको बेला उक्त घटना भएको जानकारी विद्यालयबाट आएको र आफू त्यहाँ पुगेपछि मात्र प्रक्रिया अगाडि बढाउन विद्यालय प्रशासनलाई आग्रह गरिएता पनि आफूm त्यहाँ पुग्दा प्रमाण नष्ट गराउने मनसायले काम गरेको देखिएको सुनाए । “म त्यहाँ पुग्नुभन्दा पहिले नै ‘घटना भएको छात्रावास’ को ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो,” उनले भने, “ शालीनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो, उक्त कुराको भिडिओ फुटेज मसँग सुरक्षित छ ।”

शालीन पोखरेलको रहस्यमयी मृत्यु प्रकरणमा सोही विद्यालयका प्रिन्सिपल बालहरि देवकोटासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर