इजरायली आक्रमणमा ७० प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजा शहरको पश्चिम तटीय सडकमा सहायताका लागि पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताएको छ । मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्यपि, सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।

प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो । युद्धविरामको चर्चा चलिरहेको बेला इजरायलले गाजामा अर्को भयानक आक्रमण गरेको हो। यसले युद्धविरामको आशामा रहेका प्यालेस्टीनीलाई निराश बनाएको छ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर