जिराको भाउ घट्यो

काठमाडौं । नेपाली मसला बजारमा जिराको भाउमा कमी आएको छ । गत असोज महिनामा एक किलो गेडा जिराको एक हजार तीन सय रुपैयाँ थियो अहिले प्रतिकेजी आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ । यस्तै धुलो जिराको अहिले प्रति केजी चार सय रुपैयाँ घटेको सङ्घले जनाएको छ ।
प्रतिक्रिया