सुडानमा युद्ध विरामकैबीच संघर्ष जारी

काठमाडौं । सुडानमा परस्पर युद्धरत् पक्षहरु युद्ध विराम लम्ब्याउन तयार भए पनि संघर्ष भने रोकिएको छैन ।

सरकारी सेना र विपक्षी र्‍यापिड सपोर्ट फोर्स तीन दिने युद्ध विरामलाई थप लम्ब्याउन तयार भए पनि राजधानी खार्तुम र पश्चिमी क्षेत्र डार्फरमा हिंसात्मक संघर्ष जारी छ ।

संयुक्त राष्ट्रसंघ र साउदी अरबको प्रयासपछि सरकारी सेनाले थप ७२ घण्टाका लागि युद्ध विराम लम्ब्याउने बताएको छ भने आरएसएफ पनि युद्ध विराम लम्ब्याउन सहमत भएको छ ।

युद्ध विरामकै बीच बिहीबार पनि राजधानी खार्तुमको आकाशमा लडाकु विमानहरु उडिरहेका थिए भने जमिनमा पनि दोहोरो गोली हानाहान चलिरह्यो ।

दुवै पक्षले लागू गरेको तीन दिने युद्ध विराम बारम्बार उल्लंघन भएको तथा बमबारी र गोली हानाहानको आवाज आईरहेको बताइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर