प्रदर्शनकारी लघुवित्त पीडितहरू बुधबार राति रिहा

काठमाडौं । छक्याएर संसद् भवनभित्र प्रदर्शन गरेका लघुवित्त पीडितहरू हिजो बुधबार राति रिहा भएका छन् । संसद् परिसरबाहिर सोमबार उनीहरू छिरेर नाराबाजीसमेत गरेको आरोपमा सुरक्षाकर्मीहरूले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाउने तयारी गरिरहेको थियो । उनीहरूमाथि काठमाडौं जिल्ला अदालतको अनुमति अनुसार ७ दिन हिराशतमा राखी अनुसन्धान गरिँदै थियो । तर प्रमुख विपक्षी दलका प्रमुख सचेतक महेश बर्तौला नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर विना शर्त पीडितहरूलाई रिहा गर्न माग गरेको केही घन्टामा उनीहरूलाई हिराशत मुक्त गरिएको हो ।

संसद् बैठक चलिरहेको बेला उनीहरू ३५ जना त्यहाँ पुगेर नाराबाजी गरेका थिए । देशका विभिन्न स्थानबाट न्याय मार्चमा काठमाडौं आएका लघुवित्तपीडित अहिले गौशालाको भण्डारखाल जाने गेटको छेउमा रहेको खाली ठाउँमा बसिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर