पक्राउ परेका लघुवित्त पीडितलाई विना शर्त रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले संघीय संसद् भवन परिसरभित्र मंगलबार अपराह्न प्रदर्शन गरेका लघुवित्त पीडितहरुलाई विना शर्त रिहाइ गर्न माग गरेको छ । सरकारले पीडितलाई न्याय दिलाउनुको सट्टा मुद्दा चलाउने तयारी गरेको भन्दै एमालेले मुद्दा नचलाउन आग्रह गरेका छन् ।

उक्त विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गर्न सचेतक महेश बर्तौलाको नेतृत्वमा एक प्रतिनिधिमण्डल बुधबार गृहमन्त्रालय गएको थियो । प्रतिनिधिमण्डलले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणपत्र पनि बुझाएको छ । एमाललेको ध्यानाकर्षण पत्रमा पीडितलाई भित्र प्रवेश गर्न दिइनु गृह–प्रशासन र सुरक्षा संयन्त्रको कमजोरी भएको र उल्टै पीडितमाथि मुद्दा लगाउने निर्णय सरकारले फिर्ता लिनुपर्ने उल्लेख छ ।

“कमजोरी गर्ने गृह प्रशासन मुद्दा खेप्नुपर्ने पीडितहरु यो हुन सक्दैन । हामीले गृहमन्त्रीलाई भनेका छौ । उहाँहरुलाई मानवीय व्यवहारसहित अविलम्ब रिहाइ गरियोस् । दोषी देखिएकालाई कारवाही गरियोस् । दोस्रो कुरा मिटर ब्याजपीडितहरुको स्वास्थ्य र उहाँहरुको न्यायको मुद्दालाई संवोधन गर्नेगरी कम्तीमा पनि सरकाले माग सम्बोधन गर्ने बचन दिँदै घरफिर्तीको वातावरण बनाइयोस भनेका छौ”, सचेतक बर्तौलाले सञ्चारकर्मीहरूसँग भने ।

साथै संसद भवन र सिंहदरबार वरिपरिका पेटीमा लगाइएको निषेधित क्षेत्र हटाउन पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको सचेतक बर्तौलाले जानकारी दिए । जवाफमा, गृहमन्त्री श्रेष्ठले संसद भवन परिसरबाट पक्राउ परेका ४९ जना सबैलाई विना शर्त रिहाइ गर्ने, मिटरब्याज पीडितको समस्या दीर्घकालीन रूपमै समाधान गर्ने तयारी भइरहेको बताएको सचेतक बर्तौलाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर