न्युकासलको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले फराकिलो जित निकालेको छ ।

बिहीबार राति न्युकासलले एभर्टनलाई ४-१ गोल अन्तरले हराएको हो ।

न्युकासलको जितमा कलुम विल्सनले दुई गोल गरे ।

जोलिनटन र जाकोब मुर्फेले नाममा एक एक गोल रह्यो ।

एभर्टनका ड्वाइट म्याकनिलले एक गोल फर्काए ।

जितसँगै न्युकासलले ३२ खेलमा ६२ अंक जोडेको छ ।

न्युकासल तेस्रो स्थानमा रहेको छ ।

एभर्टन २८ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै बर्नेमाउथले साउथह्याम्पटनलाई १(० गोल अन्तरले हराएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर