ओलीको प्रश्न : केका लागि कांग्रेसलाई सहयोग गर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै उनले त्यो खरानी सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्ने बताए ।
विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरूको सुझाव नमानेर सरकारले दम्भ देखाइरहेको पनि बताए ।
समग्रमा ओलीको भनाइ यस्तो थियो, ‘नेकपा एमालेसँग मेजोरिटी छैन । हामी सरकारभन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि । गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिनँ । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । त्यो उसको (कांग्ेस) ८७ सिटले संविधान संशोधन हुन्छ ? एमालेले कांग्रेसलाई के मा सहयोग गर्ने ? प्रतिगमनका लागि । कांग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि ? कांग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन । प्रतिगामी सोचका साथ अघि बढिराखेको छ । जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ कांग्रेस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर