नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान रोहित पौडेलले ५०, आसिफ शेख ३४, कुशल मल्ल ११, करण केसी ११, सन्दीप जोरा ८ रन बनाउँदा कुशल भुर्तेल र सोमपाल कामी शून्य रनमा आउट भए ।

बलिङमा नेदरल्यान्डसका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्यान्डका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन जोडेका थिए । साइब्रान्ड एंगलब्रेक्ट ४९ रनमा अविजित रहँदा म्याक्स ओ डाउड ४, कप्तान स्कट एडवार्ड्स ३३, तेजा निदामानुरु ३१ रन बनाएर आउट भएका हुन् । बलिङमा नेपालका करण केसी र कुशल मल्लले एक–एक विकेट लिएका थिए । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर