अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा मिशेल ओबामाको चर्चा

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामा राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको स्थानमा मुख्य विकल्प बनेकी छन् । एक रिपोर्टको सर्वेक्षणमा मतदान गर्ने डेमोक्र्याटिक पार्टीका करिब आधा नेताहरूले राष्ट्रपति चुनावका लागि बाइडेनसहित अरू कसैलाई प्राथमिकता दिएका हुन्।

नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनअघि करिब ४८ प्रतिशतले बाइडेनबाहेक अन्य उम्मेदवार छनोट गर्न सहमत भएका छन् भने ३८ प्रतिशतले असहमति जनाएका छन् । ३३ प्रतिशतले मात्रै मतदानमा फेरबदल हुने अनुमान गरेका छन् । मिशेल ओबामाले ८१ वर्षीय जो बाइडेनको स्थानमा २० प्रतिशत मत प्राप्त गरेकी छन् ।
दौडमा अन्य दावेदारहरूमा उपराष्ट्रपति कमला ह्यारिस, पूर्वविदेश सचिव हिलारी क्लिन्टन, क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजम र मिशिगनका गभर्नर ग्रेचेन ह्वाइटमर छन्। कमला ह्यारिसले १५ प्रतिशत, हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले १५ प्रतिशत मत पाएका छन् ।

ओबामालाई बारम्बार राष्ट्रपतिको उम्मेदवारका लागि विचार गर्न आह्वान गरिएको छ। यसअघि ओबामाले आगामी चुनावबारे चिन्ता व्यक्त गरेका थिए । उनले भनिन्, “सरकारले वास्तवमा केही गर्छ भन्ने जनतालाई लाग्छ? र म भन्छु कि सरकारले हाम्रो लागि सबै गर्छ। हामी यो लोकतन्त्रलाई सामान्य रूपमा लिन सक्दैनौं। कहिलेकाहीँ चिन्ता लाग्छ हामी यस्तै गछौंं।” सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुनः प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । यस अवधिमा, बाइडेनले आफूलाई सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गरेका छन्। ट्रम्पले सम्भावित आपराधिक सजायको बाबजुद चुनाव लड्ने स्पष्ट पारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर