मालीमा बस दुर्घटना हुँदा ३१ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक मालीमा मङ्गलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । मालिको केनिबामा एउटा बस नदीमाथि रहेको पुलबाट तल खस्दा सो घटना भएको हो ।

स्थानीय समयअनुसार साँझ पाँचको समयमा  बुर्किनाफासो जाँदै गरेको बस दुर्घटनामा परेको थियो । चालकले गाडीमाथि नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताइएको छ ।

विश्वको सडक दुर्घटनाबाट हुने मृत्युको लगभग एक चौथाइ हिस्सा अफ्रिकामा रहेको छ । केही समयअघि पनि मालीमा सडक दुर्घटना भएको थियो । सो दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर