भजन शिरोमणि भक्तराज आचार्यको अन्त्येष्टिक्रिया

काठमाडौं । भजन शिरोमणि एवं सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आचार्यको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराजले दागबत्ती दिए । अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका सङ्गीतकर्मीहरूले आचार्यको सम्मानमा उनले गाएको ‘जहाँ छन् बुद्धका आँखा’ भन्ने गीत कोरसमा गाएका थिए ।

यसअघि आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रतिष्ठानमा बिहान ११ बजेदेखि नेतादेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरूले आचार्यप्रति श्रद्धाञ्जली दिएका थिए । भजनशिरोमणि उपाधि पाएका भक्तराज आचार्यको हिजो ७९ वर्षको उमेरमा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर