गिरफ्तार लघुवित्त पीडितलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त ऋण पीडितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

निषेधित क्षेत्र उल्लंघन गरी प्रदर्शन गर्दा पक्राउ परेका लुघुवित्त ऋणीहरुलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । निषेधित क्षेत्र तोडेर सोमवार दिउँसो संसद् भवनमा छिरेर प्रदर्शन गरेपछि प्रहरीले ४८ महिला र १ जना पुरुषलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर