रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचीत प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।

लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर