गजल गायक पङ्कज उदासको निधन

काठमाडौं । भारतीय फिल्म तथा गजल गायक पङ्कज उदास (उद्यास) को ७३ वर्षको उमेरमा निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हिजो सोमबार बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको थियो ।

उनलाई केही महिनाअघि क्यान्सर भएको थियो । भारतीय सिनेमा र पप सङ्गीतमा उनको योगदान धेरै रहेको पाइन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उनी चर्चित भएका थिए । उनले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरे । उनको गजल ‘चिठी आई है’ र चलचित्र ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ प्रख्यात छन् । उनका मुकरार, तरन्नुम र मेहफिल जस्ता थुप्रै प्रख्यात गीत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर