त्रिदेशीय शृङ्खलामा आज नेपाल र नामिबियाको प्रतिस्पर्धा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा बिहान ११:३० बजे नेपाल र नामिबियाको खेल हुनेछ। दुवै टोलीले खेलेका पछिल्ला पाँच खेलमा नामिबिया नै बलियो देखिएको छ। नामिबियाले पाँचै खेल जितेको छ भने नेपालले पाँचमध्ये चारमा जित र एक खेल हारेको छ। प्रतियोगितामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा पाँच खेलमा तीनै टोली दुई पकट एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।
यो शृंखलाका लागि रोहित पौडेलको नेतृत्वमा रहको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा छन्। यसअघि भएको लिग-२ मा भने नेपालको प्रदर्शन राम्रो रहेन। नेपालले चार खेलमा एक खेल मात्रै जित्न सक्यो। नेपाल भ्रमणमा रहेका नामिबियाले चारमध्ये तीन र र नेदरल्यान्ड्सले दुई खेल जिते।