स्वर्गीय भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदै

काठमाडौं । भजन शिरोमणि तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको आज अन्त्येष्टि गरिँदैछ । आज अपरान्ह पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ । आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानको प्रांगणमा लगिने छ । श्रद्धाञ्जलीका क्रममा स्व. आचार्यको सम्मानमा संगीतकर्मीले आचार्यका गीत गाउने छन् । दिउँसो १ बजेपछि पशुपति आर्यघाटमा लगिनेछ । ७९ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो ।

उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा सोमबार दिउँसो ४ बजेतिर बाटोमै उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए । झण्डै तीन दशक आचार्य बोल्न नसक्ने भएर बाँचेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर