लघुवित्तपीडितको श्रीलंका मोडल, छक्याएर संसद भवनभित्र प्रवेश

काठमाडौं । लघुवित्तपीडितहरूको प्रदर्शनसँगै उनीहरू संसद् भवन नयाँ वानेश्वरभित्र छिरेपछि सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई प्रहरी प्रधान कार्यालय, नक्सालले जिम्मेवारीबाट हटाएको छ ।

लघुवित्तका ऋणी प्रदर्शनकारीहरु सोमबार अपराह्न संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको नेतृत्वमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो । घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।
प्रहरीका अनुसार गेटमा भित्रबाट बोलाएको भन्दै सुरक्षाकर्मीलाई झुक्काएर उनीहरू भित्र छिरेका थिए । गेटभित्र छिरेपछि नाराजुलुस गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
लघुवित्त पीडितहरूको विरोध प्रदर्शनका क्रममा १ पुरुष र ४८ जना महिला सुरक्षा निकायलाई छक्याउँदै संसद्को २ नम्बर गेटबाट भित्र प्रवेश गरेका थिए । यो घट्नापछि सुरक्षा निकायमाथि गम्भीर प्रश्न सिर्जना भएको थियो ।
सुरक्षा निकायमाथि गम्भीर प्रश्न भइरहँदा गृहमन्त्री श्रेष्ठले सोमबार राती नै सबै सुरक्षा निकायका प्रमुख तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सबैलाई गृह मन्त्रालयमा नै बोलाएर आक्रोश व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर