नेप्सेमा दोेहोरो अंकको सुधार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोेहोरो अंकको सुधार आएको छ । आज नेप्से १३.२८ अंकले बढेर एक हजार ९ सय ९२ दशमलव ३० विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचकका सुधार आएपनि कारोबार रकम भने बढ्न सकेको छैन । आइतबार ३ अर्ब ८ करोडको कारोबार भएको नेप्सेमा आज २ अर्ब १ करोड ७७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १६७ वटाको बढेको छ भने ७५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६२३२.३० रुपैयाँ पुगेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ९ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर