अन्ततः लोसपाबाट अलग भए राजेन्द्र महतो

काठमाडौं । मधेशवादी नेता राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) परित्याग गरेको घोषणा गरेका छन् । काठमाडौंमा सोमवार पत्रकार सम्मेलन आयोजना गरी महतोले कुनै एउटा पार्टी, वा राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, कांग्रेस, एमाले सबै पार्टीहरुमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरु एकजुट हुनुपर्ने बताए ।

उनले आफ्नो क्रान्तिका लागि सबैलाई साथ दिन अपिल गरे । उनले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र विद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए । उनले अभियानले संघर्ष र विद्रोहले राजनीतिक शक्ति उत्पन्न गर्ने दावीसमेत गरे । लोसपाबाट अलग भएपछि महतोको अबको राजनीतिक भविष्य के हुने हो भन्नेमा अन्य मधेशवादी नेताहरू नै एकमत हुन सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर