क्यानद्वारा राष्ट्रिय क्रिकेट खेलाडीहरुको वर्गीकरण, तलब १ लाखदेखि २० हजारसम्म

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको छ । क्यानको १२ र १४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले खेलाडीहरुको वर्गीकरण गर्दै उनीहरुको समेत तलब निर्धारण गरेको छ । क्यानले गरेको नयाँ वर्गीकरण अनुसार ग्रेड ए देखि डीसम्म समावेश गरिएको छ ।

क्यानले निर्धारण गरेको वर्गीकरणमा पुरुषतर्फ ३० जना खेलाडी समावेश भएका छन् भने महिलातर्फ १९ जना समावेश भएका छन् । पुरुषतर्फ ग्रेड एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, र कुशल भुर्तेल परेका छन् । उनीहरुको मासिक तलब १ लाख राखिएको छ ।

ग्रेड बीमा कुशल मल्ल, गलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, खारिफ सेख र अविनास बोहरा छन् । उनीहरुको मासिक तलब ७० हजार तोकिएको छ । ग्रेड सीमा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जिसी रहेका छन् । उनीहरुको मासिक तलब ५५ हजार तोकिएको छ ।

ग्रेड सीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विकेक यादव, आकाश चन्द, बसिर अहमद, र सूर्य तामाङ छन् । उनीहरुको मासिक तलब ३५ हजार तोकिएको छ ।

इमर्जिङ क्याटोगरीमा कोशी प्रदेशबाट दीपेश कंडेल, मधेशबाट रुपेश सिंह, बागमतीबाट रिजन ढकाल, गण्डकीबाट बिपिन खत्री, लुम्बिनीबाट देव खनाल, कर्णालीबाट अर्जुन घर्ती र सुदूरपश्चिमबाट हेमन्त धामी परेका छन् । उनिहरुको मासिक तलव २५ हजार तोकिएको छ ।

यस्तै महिला तर्फ ग्रेड एमा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता राना मगर परेकी छन् । उनीहरुको मासिक तलब ५० हजार तोकिएको छ । ग्रेड बीमा कबिता कुँवर छन् । उनको मासिक तलव ३५ हजार तोकिएको छ  भने ग्रेड सीमा पुजा महतो, र अश्मिना कर्माचार्य परेकी छन् । उनीहरुको मासिक तलब ३० हजार निर्धारण गरेको छ ।

ग्रेड डीमा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र विन्दु रावल परेका छन् । उनीहरुको मासिक तलब २५ हजार तोकिएको छ । महिलातर्फ इमर्जिङ क्याटोगरीमा सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृष्टी जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन रहेकी छन् । उनीहरुको मासिक तलब २० हजार निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर