इजरायल–गाजा युद्धविरामबारे वार्ता सकारात्मक

काठमाडौं ।  इजरायल–गाजा युद्धविरामबारे पेरिसमा भइरहेको वार्ता सकारात्मक हुने आशा गरिएको छ । पेरिसमा युद्धविराम र बन्धकहरुलाई रिहा गर्ने विषयमा वार्ता भइरहेको छ । यो सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको माग पनि समावेश छ ।

यसअघि इजरायले हमालले बन्धक बनाएका आफ्ना नागरिकलाई रिहाइ गर्न समयसीमा दिएको थियो । जारी छलफलमा बन्धकहरूको रिहाइ र अस्थायी युद्धविरामबारे आधारभूत समझदारी भएको बीबीसीले जनाएको छ ।

यसैबीच, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई राजीनामा दिन दबाब बढेको छ । हिजो इजरायलको तेलअभिभमा नेतान्याहुको राजीनामा माग गर्दै प्रदर्शन भएको खबरमा उल्लेख छ ।

यसअघि गएको अक्टोबर ७ मा हमासले आक्रमण गर्नुअघि इजरायलमा सरकार विरोधी प्रदर्शनहरू भइरहेका थिए । प्रदर्शनकारीले नेतान्याहुले बन्धकहरूलाई मुक्त गर्न भन्दा हमासलाई हराउनमा बढी चासो राखेको बताएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर