सुन तस्करीमा संलग्न जीवनकुमार गुरुङ पक्राउ

काठमाडौं । सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङ पक्राउ परेका छन् । उनलाई आज सोमबारबिहान सामाखुशीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । पक्राउ परेका गुरुङ प्लाटनिम कलेजका सञ्चालकसमेत हुन् ।

गएको मङ्सिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट बरामद भएको १४ किलो सुन प्रकरणमा अनुसन्धानपछि गुरुङको संलग्नता देखिएको थियो । सुन तस्करीमा संलग्न यो गिरोहले तस्करी गर्ने सुन विमानस्थलको अध्यागमन क्षेत्रको शौचालयमा लुकाएर कर्मचारीको संलग्नतामा बाहिर ल्याउने गरेको थियो ।

यस प्रकरणमा चन्द्र घले र घलेले नाम लिएका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर