सोमबार सुनचाँदीको भाउको घट्यो

काठमाडौं । सुनचाँदीकोे भाउ आज घटेको छ । हप्ताको पहिलो दिन आक्ष्तबार तोलाको एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सोमबार दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार चार सय रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया