सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ४१ पैसा पर्नेछ भने बिक्री गर्दाको मूल्य १३३ रुपैयाँ ०१ पैसा पर्नेछ । त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ २७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ९२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

त्यस्तै, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४७ पैसा र कतारी रियाल एकको खरिद मा ३६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा पर्नेछ ।

यसैगरी, युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा, मलेसियन रिंग्गे ट एकको खरिदमा २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८४ पैसा, कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९५ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३० रुपैयाँ २७ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ २२ पैसा पर्नेछ भने बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

Binimaya.jpg


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर