आज शुक्रबार एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ ।

लिगको १३ औं चरण अन्तर्गत शुक्रबार एक मात्र खेल हुनेछ । खेल एन्फा कम्प्लेसमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज चौंथो जित निकाल्न चाहन्छ । एनआरटी १२ खेलमा १३ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

थ्री स्टार सातौं जितको योजनामा हुनेछ । थ्री स्टार १२ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर