मुलुकभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागको मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुदै गएकाले मुलुकभरको मौसम खुल्दै गएको महाशाखाको भनाइ छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर