नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.८१ अंकले घटेर एक हजार ९ सय ७९ दशमलव ०२ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये ३८ वटाको बढेको छ भने २०६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४७५६.७० रुपैयाँ पुगेको छ ।

केहि सातायता निरन्तर सकारात्मक सर्किट लागेको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आइतबार भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर