एक महिनाभित्र रसुवाबाट १५३.४ मेगावाट विद्युत् थपिँदै

काठमाडौं ।  रसुवामा निमार्णाधीन जलबिद्युत आयोजनाबाट एक महिनाभित्र १५३ दशमलब ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । रसुवाको गोसाइँकुण्ड गाँउपालिका एक र दुईमा निर्माण भएको १११ मेगावाटको रसुवागढी तथा आमाछोदिङ्मो गाउँपालिकाको पाँचमा निर्माण भएको ४२.४ मेगावाटको सान्जेनको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको हो ।

यी आयोजनाहरूबाट उत्पादित बिजुली जोडिने प्रसारण लाइनको काम पनि अन्तिम चरणको काम भइरहेको आयोजना प्रमुख थर्क बहादुर थापाले बताए । उनका अनुसार रसुवाको चिलिमेमा निर्माण भइरहेको तथा नुवाकोटको अर्चलेमा हब निर्माण भइरहेको छ । जलविद्युत् आयोजनामध्ये केही परीक्षणका चरणमा छन् भने केहीको अन्तिम चरणको काम भइरहेको छ ।

प्रसारणलाइन निर्धारित समयमा पूरा भए उत्पादित विद्युत् प्रणालीमा थप भई जडित क्षमता बढ्ने छ । अहिले प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण भइरहेका रसुवागढी र सान्जेन परीक्षणको चरणमा छन् । रसुवागढीको सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राई टेस्ट) पूरा भएको आयोजना प्रमुख सत्यमोहन ज्याख्वाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर