पहिचानका आधारमा प्रदेशको नामकरण गर्न यादवको माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरूको पुनः नामकरण हुनुपर्ने माग गरेका छन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड, खोला र नदीनालाको नाममा प्रदेशको नामकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

ललितपुरको महालक्ष्मीस्थानमा शनिबार समाजवादी तामाङ सङ्घले आयोजना गरेको नयाँ वर्ष सोनम ल्होछार कार्यक्रममा पहिचानका आधारमा प्रदेशको नामकरण गर्न सरकारले ढिलाइ गर्न नहुने उनले विचार व्यत्तः गरे । ‘‘जनताको माग एकातिर छ, तत्कालीन सरकारले खोलानालाको नाममा प्रदेशको नामकरण गर्‍यो, त्यो हामीलाई मान्य छैन’’, जसपा अध्यक्ष यादवले भने, ‘‘नामकरणको विषयमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा चरम असन्तुष्टि छ, सरकारले यसलाई समय छँदै सम्बोधन गर्नुपर्छ ।’’

‘‘पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको मागअनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेशबाहेक बाँकी ६ वटै प्रदेशमा पहिचानमा आधारित पुनः नामकरणको आन्दोलनले विस्फोटक रूप लिन सक्ने दाबी गरे । मधेशका जनताको ठुलो सङ्घर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेश प्रदेश सम्भव भएको स्मरण गर्नुहुँदै उहाँले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर