गठबन्धन र सरकारको आयु कांग्रेसमा भरपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन र सरकारको आयु कांग्रेसमा भर पर्ने बताएका छन् । सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले गठबन्धन र सरकारको आयुबारे सोधिएको प्रश्नमा उनले भने, “यो प्रश्न नेपाली कांग्रेसका नेताहरूलाई सोध्नुस् ।”
प्रमुख प्रतिपक्षी दल एमालेले तीनजना मन्त्रीहरूको राजीनामा माग गरिरहेको सन्दर्भमा श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको टिप्पणी गरे । उनले औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने पनि बताए ।

सामन्तवादको निकृष्ट अवशेष मिटरब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याजपीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक सरकार लागिरहेको बताए । समस्या समाधानका लागि काठमाडौं पुगेका मिटरब्याजपीडितहरुलाई गृहमन्त्री श्रेष्ठले भने, “समस्या समाधान हुन्छ, हामीले छोडेका छैनौं, कानुन बनायौँ, आयोग बनायौँ, आयोगको समय सकिएपछि अहिले प्रहरीमा सबै उजुरी पठाएका छौँ, साढे पाँच हजारभन्दा बढी पीडितले न्याय पाएका छन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर