यस वर्ष पर्याप्त वर्षा नहुँदै सकिन लाग्यो हिउँदयाम

काठमाडौं । यस वर्षको हिउँद याम सकिनै लागेको छ । तर विगतको हिउँदे याममा जस्तो यसपाली वर्षा हुन सकेन । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । पर्याप्त वर्षा नहुँदा हिउँदेबाली पनि सुक्दै जान थालेका छन् । हिउँदयाममा पानी नपर्दा यसले निम्त्याउने असर धेरै हुने विज्ञको भनाइ छ ।

मौसमविज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभाव निकै कम रहेकाले आँकलन गरिएअनुसार हिउँद याममा पानी पर्न नसकेको हो । पश्चिमी वायुको प्रभाव निकै कम रहेकाले यो वर्ष आँकलन गरेअनुसार पानी पर्न सकेन । पश्चिमी वायु आइरहे पनि सक्रिय नभएका कारण अपेक्षा गरेअनुसार पानी पर्न नसकेको हो । पछिल्लो पाँच वर्षलाई हेर्ने हो भने हिउँदयाममा पानी पर्ने क्रम निरन्तर घट्दै गएको छ ।

हिमाली क्षेत्रमा मौसमसम्बन्धी जानकारी दिने प्रविधि पर्याप्त नहुनु र हिमाली क्षेत्रमा पर्याप्त अध्ययन अनुसन्धान पनि नहुनुले पूर्वानुमान गर्न नै समस्या हुनेगरेको मौसमविदहरूको भनाइ छ । साधारणतया हिउँदयाममा औसत ६० मिलिमिटर पानी पर्छ । तर यसवर्ष भने ३० मिलिमिटरको हाराहारीमा मात्र पानी परेको विभागको तथ्यांक छ । पछिल्लो वर्षमा हिउँदयाम कटेपछि मात्र पानी बढी पर्ने गरेकाले यस वर्ष पनि प्रि मनसुनमा केही धेरै पानी पर्ने आँकलन गर्न गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर