पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव

काठमाडौं । देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का रक्षणिक वर्षाको सम्भावना रहेको छ। उता राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर