जर्मनीमा गाँजालाई कानुनी मान्यता प्राप्त

काठमाडौं ।  जर्मनीले अप्रिल एक तारिखदेखि गाँजालाई वैधता दिने भएको छ । योसँगै जर्मन नागरिकहरूले सार्वजनिक स्थलमै गाँजा सेवन गर्न पनि पाउने छन् । जर्मनीले गाँजाको प्रयोगलाई वैधता दिए पनि प्रयोगका केही सर्तहरू भने राखिएका छन् । सार्वजनिकस्थलहरूमा २५ ग्राम र निजी घरमा ५० ग्रामसम्म मात्रै गाँजा राख्न पाइने छ ।

कडा कानुनका कारण युवाहरू गाँजाको कुलतमा फस्न थालेपछि सरकारले नै यसलाई खुकुलो बनाएको त्यहाँका स्वास्थ्यमन्त्री कार्ल लाउटरबाकले बताएका छन् । उनले गाँजाले वैधता पाए पनि देशमा गाँजा क्याफे भने खोल्न नदिने बताए ।

सरकारले गाँजालाई वैधता दिने निर्णय गरेसँगै विपक्षीहरूले भने त्यसको विरोध गरेका छन् । उनीहरूले लागूपदार्थ प्रयोगलाई सरकारले नै प्रोत्साहन गरेको आरोप लगाएका छन् । विपक्षी कन्जरभेटिभहरू अर्को वर्ष सरकारमा आएमा यो कानुनलाई पूर्ण रूपमा खारेज गर्ने बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर