वाफ महिला : नेपाल र प्यालेस्टाइन भिड्दै

काठमाडौं । वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्यालेस्टाइनसँग खेल्दैछ। साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ। समूह विजेताले समुह ‘ए’ को उपविजेता लेवनानसँग खेल्नेछ। उपविजेताले भने समूह ‘ए’ को विजेता जोर्डनसँग खेल्नेछ।
पहिलो पटक वाफ खेलिरहेको नेपाललाई उपाधि दाबेदारको रुपमा हेरिएको छ। नेपालले समूह चरणको पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो। दोस्रो खेलमा भने इराकमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो।
प्रतिक्रिया