वुमेन्स प्रिमियर लिग : मुम्बई इन्डियन्स विजयी

काठमाडौं ।  वुमेन्स प्रिमियर लिग (डब्ल्यूपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्स वुमनलाई ४ विकेटले पराजित गरेको हो ।

बैंग्लोरमा भएको खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा मुम्बईले अन्तिम बलमा ६ विकेटको क्षतिमा १७३ रन बनाउँदै ४ विकेटको जित दर्ता गरेको हो ।

दिल्लीका लागि पहिला ब्याटिङ गर्दै एलेस केप्सेले ५३ बलमा ७५ रनको धुवाँधार पारि खेलिन् । उनले तीन छक्का र आठ चौका प्रहार गरिन् । यसैगरी जेमिमा रोड्रिगेसले २४ बलमा ४२ रन बनाउँदा दुई छक्का र पाँच चौका हिर्काएकी थिइन् । त्यसैगरी कप्तान मेग लेनिङले ३१ रन बनाउँदा मरिजान केपले १६ रनको पारि खेलिन् । दिल्लीका लागि नाट सेभर र अमेलिया केरले दुई दुई विकेट लिए ।

जवाफमा सुरुआत खराब गरेको मुम्बईले कप्तान हरमनप्रित कौर र यास्तिका भाटियाले अर्धशतकीय पारि खेल्दै जित दिलाए । भाटियाले ४५ बलमा ५७ रनको पारि खेल्दै दुई छक्का र ८ चौका प्रहार गरिन् । यस्तै कप्ता कौरले ३४ बलमा ५५ रनको पारि खेल्दै एक छक्का र ७ चौका हिर्काइन् । अमेलिया केरले १८ बलमा २४ रन बनाइन् । नाट सेभरले १९ रन जोडेकी थिइन् । अन्त्यमा सजिवन सजनाले अन्तिम एक बलमा छक्का प्रहार गरेपछि मुम्बईले जित निकाल्न सफल भयो । दिल्लीका लागि अरुणधति रेड्डी र एलिस केप्सीले दुई दुई विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर