चोरिएका शिशुको राजधानीको काँडाघारीबाट उद्धार

काठमाडौं ।  राजधनीको थापाथलीस्थित प्रसूति गृहबाट चोरी भएको शिशुको उद्धार भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शिशुलाई गएराति राजधानीको काँडाघारीबाट उद्धार गरिएको हो । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुति गृहबाट चोरी भएको थियो।
शिशु चोरी गर्ने कार्यमा संलग्न महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। अस्पतालमा ती महिलाले केहीबेर बोकिदिने भनेर शिशु लिएकी थिइन्। दिउँसो १२ बजेतिर केहीबेर बोकिदिने भनेर शिशु लिएको ती महिला शिशु लिएर फरार भएकी थिइन्। त्यसबारेमा करिब १ बजेतिर मात्रै प्रहरीलाई खबर भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर