गगनको प्रस्ताव केन्द्रीय समितिले परिमार्जन गर्ने : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित केन्द्रीय समितिले पारित गर्ने बताएका छन् । महासमिति बैठकको समापन गर्दै देउवाले सुझावहरू समेटिने बताए ।

उनले भने, ‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय समितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन् । आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ’ । वर्तमान गठबन्धन सरकारको प्रमुख घटकको रूपमा सरकारलाई सुशासन कायम गराउन निरन्तर सुझाव दिइरहेको उनको भनाइ छ।

‘कांग्रेसलाई वैचारिक रूपमा अनुशासित ऊर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्व राखेको छ’ उनले भने । देउवाले ८ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर