शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया