कांग्रेसमा प्रधानमन्त्री दुईपटक मात्र बन्न पाउने प्रस्ताव पारित

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठकले निर्वाचनअघि गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावसँगै विश्वप्रकाश शर्माको व्यक्ति बहिर्गमनको पद्धति पनि पास गरेको छ। उनले अघि सारेको राजनीतिक प्रतिवेदन पास भएको छ। जहाँ उनले राष्ट्रपति १, प्रधानमन्त्री २, मन्त्री ३ र सांसदको कार्यकाललाई ४ को सिद्धान्तले बाँध्ने पद्धतिको प्रस्ताव गरेका थिए। जसलाई महासमिति पास गरेको उनले समापन मन्तव्यमा बताएका छन्।

उक्त व्यवस्था संविधानमासमेत समेट्न कांग्रेसले प्रस्ताव गर्ने बताए। उनले भने, ‘देशदुनियाँलाई सगौरव भन्न चाहन्छौं, अब राष्ट्रपतिमा दोहोर्‍याएर कसैले शपथ गर्नेछैन। प्रधानमन्त्रीमा दुईपटक भन्दा बढी शपथ लिनेछैन, मन्त्रीमा तीन र सांसदका रुपमा चारपटक मात्रै शपथ लिन पाइने व्यवस्था पास गरेका छौं। यो व्यवस्था कांग्रेसले अवलम्बन गर्नेछ र संविधानमा राख्न प्रस्ताव गर्नेछ।’ पार्टीको केन्द्रीय या जिल्ला समितिको सभापति पदमा दुईपटक मात्र जिम्मेवारी सम्हाल्न पाउने प्रावधान नेपाली कांग्रेसले सुरु गरेर कार्यान्वयनमा लगिसकेको उनले बताएका छन्। यसकै अर्को प्रतिरूप मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी रहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर