लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूको शपथ ग्रहण आज

काठमाडौं । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सुरेन्द्रराज पाण्डेले आज शुक्रबार ले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

नेकपा माओवादी सहितका राजनीतिक दलको समर्थनमा बिहीबार लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले प्रदेश प्रमुखको कार्यालय, बुटवलमा आज अपराह्न १ः०० बजे पद तथा गोपनीयताका शपथ लिने तय भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

यसैगरी, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि आज पद तथा गोपनीयताका शपथ लिँदै छन् ।

नेकपा माओवादीलगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न १२ः०० बजे पद तथा गोपनीयताका शपथ लिन लागेका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर