युरोपियन च्याम्पियन्स लिग : आर्सनल पोर्टोसँग पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा आर्सनल पोर्टोसँग पराजित भएको छ। गएराति ड्रागाओमा अन्तिम १६ को पहिलो लेगमा आर्सनल ०-१ गोलले पराजित भएको हो। घरेलु मैदानमा इन्ज्युरी समयमा गलेनोले गोल गर्दा आर्सनलले पराजय टार्न सकेन।
आगामी मार्च १३ मा आर्सनल र पोर्टोबीचको दोस्रो लेगको खेल हुनेछ। गएराति नै भएको अर्को खेलमा बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेलका छन्। रोबर्ट लेवान्डोस्कीले ६० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिएपनि ७५ औं मिनेटमा भिक्टर ओशिमहेनले गोल फर्काएका थिए। बार्सिलोना र नापोलीबीचको दोस्रो लेग पनि मार्च १३ मा हुनेछ।
प्रतिक्रिया